arrow

डाक्टर केसीको माग सम्वोधन गर्न आयोनको आग्रह

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
aayon-jagadish-air.jpg

काठमाडौँ। चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका प्रा डा गोविन्द केसी २३ दिनदेखिको अनशनमा ध्यान दिन सरकारसँग आयोनले ध्यानाकर्षण गराएको छ।

आयोनले विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा समेत जीवन रक्षाका लागि सरकारको ध्यान नगएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

अस्पतालको स्वास्थ्य बुलेटिन अनुसार केसीको छातीमा कडा दुःखाई, निन्द्रामा समस्या, सास फेर्न असजिलो भएको र उनले कमजोरी अनुभव गरिरहेको उल्लेख गर्दै मुटुको चाल कम र हराइरहेको देखिएको तथा रक्तचाप स्थिर भएकाले उनलाई अतिरिक्त अक्सिजन दिएर राखिएको चिकित्सकले जनाएको आयोनको विज्ञप्तिमा छ।  

आयोनका अध्यक्ष जगदिश कुमार ऐरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सत्याग्रही केसीसंग यसअघि सरकारले गरेको सम्झौतालाई मनन् गरी उहाँको स्वास्थ्य जोखिमप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ। मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नागरिकको बाँच्न पाउने संवैधानिक अधिकारप्रति जिम्मेवार हुँदै केसीको जीवन रक्षाका लागि पहल गर्न हामी सरकारसंग जोडदार माग गर्दछौँ ।’ 

केसीको अनशन र विपक्षी दलको असहमतिकाबीच सरकारले प्रतिनिधि सभाको बैठकबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट विरोधकाबीच पारित गर्नुको सट्टा सम्वादका माध्यमले निकास खोज्न आयोनले विज्ञप्तिमार्फत सरकारसंग जोडदार माग गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ