प्रहरी लाठीचार्जबाट नेविसंघ मिनभवनका इकाई अध्यक्ष सरोज तिमल्सिना घाइते
प्रकाशित २०७५ माघ १६ बुधबार
296
Shares
काठमाडौं। नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ। बुधवार सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले पनि बानेश्वरमा प्रदर्शन गरेको छ।
बानेश्वरको भएको राके जुलुसमा प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना घाइते भएका छन्।
घाइते तिमल्सिनाको बानेश्वरको सिभिल अस्पतालमा उपचार भैरहेको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बानेश्वरमा भएको प्रहरी दमनको घोर भत्सर्ना गरेको छ। संघले आजै बिज्ञप्ती जारी गर्दै तत्काल दमनका कार्य बन्द गर्न पनि प्रहरीलाई आग्रह गरेको छ।
नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलन विहिवार पनि निरन्तरता दिने पनि जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।