जमिन लिज प्रकरण : आन्दोलनका कारण महेन्द्रनगरमा तनाव
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ माघ १६ बुधबार
467
Shares
पुनर्वास । कञ्चनपुरको सदरमुकाम स्थित नगरविकास समितिको जमिन लिज प्रकरण विरुद्ध विभिन्न राजनीतिक दल आवद्ध युवा तथा विद्यार्थी संगठन र भाडावालाको परस्पर आन्दोलनका कारण महेन्द्रनगरमा फेरि तनाव सुरु भएको छ ।
सत्तारुढ दल लगायतका ६ राजनीतिक दलसँग आवद्ध युवा,विद्यार्थीले अवैध लिज जमिनमा बनाइएका भवन तथा टहरा भत्काउनुपर्ने माग राख्दै मंगलबारदेखि अनिश्चितकालिन आम हड्ताल आह्वान गरेको दोस्रो दिन बुधबार देखिनै जमिन भाडामा लिनेहरु पनि आन्दोलनमा उत्रिएपछि महेन्द्रनगर अशान्त बन्न पुगेको हो ।
कञ्चनपुरको महेन्द्रनगरमा विभिन्न राजनैतिक दल आवद्ध युवा,विद्यार्थी हरुको संगठनले थालेको आम हड्ताल पछि सुदुरपश्चिम प्रदेशको संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले संचरना भत्काउन सुरु गरेपछि असन्तृष्ट बनेकाआन्दोलनकारीहरुले आन्दोलन जारी राखेका हुन् ।
खोकाछाप्रावाला गरिब विपन्न र वषौँदेखि बस्दै आएकाहरुकै संरचना भत्काएर सरकारी पक्षले कायरता देखाएका कारण आन्दोलन स्थगित नगरेको अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले बताए । नगर बिकासबाट जमिन लिएर अवैध रुपमा बनेका सबै संरचना भत्काए मात्रै आन्दोलन रोकिने भट्टले बताए ।
आन्दोलनमा उत्रिएका विभिन्न युवा तथा विद्यार्थीले बुधबार पनि महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात, शैक्षिक संस्था सवारी साधन आवागमनमा रोक लगाएका छन् । ठुला भू–माफियालाई सरकारी पक्षले संरक्षण गरेको र साना खोकाछाप्रा वालालाई मात्रै लक्षित गरि टहरा भत्काउन सुरु गरेको भन्दै बिरोध गरेका हुन । उच्च आदालतले भीमदत्त नगरपालिका र प्रशासनलाई १५ दिन भित्र कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ मागेको अवस्थामा एकाएक आएर बस्तीमै डोजर चलाएर कानुन लत्याएको भन्दै खोका छाप्रावाला आन्दोलित भएका हुन् ।
मंगलबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा जारी बन्द र हड्तालका कारण विद्यार्थी, सार्वसाधारण र विभिन्न गनतब्यमा जाने यात्रीहरु मारमा परेका छन् । दुई दशकदेखि बस्दै आएका खोकाछाप्रावालाकै घरम डोजर लगाएर सरकारले कानूनको उपहास गरेको भन्
उनीहरु आन्दोलनमा उत्रेका छन् । बिहानैदेख खोकाछाप्रावालाहरुले सडकमा टायर बाले बिरोधमा उत्रिएका हुन् । कञ्चनपुर खोकाछाप्रा पीडित उद्दार समितिका उपाध्यक्ष बिरादत्त जोशीले वैधानिक रुपमै २०४९ सालदेखि बस्दै आएको बताए । उनले छरिएर रहेका खोकाछाप्रावालालाई सरकारी निकायले नै नक्सा दिएर पुरानो भत्काएर नयाँ बनाउन निर्देशन जारी गरे अनुरुपै घर निर्माण गरेको बताए ।
उनीहरुले यस अघि पनि डोजर लगाएकै घरमा पुन पूर्वाग्रही ढङ्गबाट डोजर लगाएको भन्दै राजनीति प्रतिशोध र सत्ताको धनधन्की देखाएको आरो लगाएका छन् । टायर बालेर नेकपा सुदुर पश्चिम प्रदेश नेकपा संसदिय दलका प्रमुख सचेतक तारालामा तामाङ्ग, भीमदत्त नगरका मेय सुरेन्द्र विष्ट, भीमदत्तका वडाध्यक्ष लक्ष्मी दत् बोहरा, डिके कार्की, हरक सिंह धामी विरुद्ध नाराबाजी समेत गरिरहेका थिए ।
सत्ता पक्ष पूर्व एमाले–माओवाद केन्द्र निकट युवा संघ, बाईसियल, अनेरास्ववियु, अखिल क्रान्तिकारी, काँग्रेस निकट नेपाल दरुण दल, नेविसंघ, राष्ट्रिय जनमोर्चा, नेकपा बैद्य,विप्लव निकटका युवा र विद्यार्थी नविको लिज प्रकरण बिरुद्ध आन्दोलनमा उत्रेका हुन् ।