सैनिक प्रतिष्ठानमा डिनको आवश्यकता, कति चाहिन्छ योग्यता ?
प्रकाशित २०७५ माघ १६ बुधबार
301
Shares
काठमाडौं । नेपाली सेनाको खरिपाटीमा रहेको सैनिक प्रतिष्ठानमा डिनको दरखास्त आह्वान गरिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवाको लागि प्रतिष्ठानको डिनको लागि दरखास्त आह्वान गरेको हो ।
सोको लागि समाज शास्त्र तथा मानव शास्त्र संकायमा स्नातकोत्तर उत्तीर्ण भएको र ६१ वर्ष उमेर नकटेको नेपाली नागरिक हुनुपर्ने बताईएको छ । यसको लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत् या सैनिक प्रतिष्ठानमा प्राध्यापक वा सहप्राध्यापक वा सो सरहको नियुक्तिमा कार्य गरेको व्यक्ति हुनुपर्ने बताईएको छ ।
डिनको तलब त्रिभुवन विश्वविद्यालयका डिनको सरह हुने पनि उल्लेख गरिएको छ । यसमा प्राध्यापक र विद्यावारिधि उपाधि हाँसिल गरेको व्यक्तिलाई विशेष ग्राह्यता दिईने पनि बताईएको छ ।