काठमाडौं। सरकारले विपक्षीको आवाज नसुनेको भन्दै सिठ्ठी जुलुसमा हिँडेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारको ३ नं गेटमा तोकिएको निषेधित क्षेत्र भित्र सिठ्ठी जुलुस निकालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
सरकारको विरुद्ध आन्दोलनमा रहेको नेविसंघले निकालेको सो जुलुसबाट नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा सहित झण्डै तीन दर्जन विद्यार्थी पक्राउ परेका छन् । उनीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ। यसरी पक्राउ पर्नेमा निरन्जन थापा, मनिष सिंखडा, शशांक श्री न्यौपाने, सुभाष घिमिरे, रमेश वास्ताकोटी लगायत ३० जना रहेका छन्।