डोटी । कामका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका १६५ जना बेपत्ता भएका छन् । गैरसरकारी संस्था निड्स नेपालले कञ्चनपुर, अछाम र डोटीमा गरेको अनुसन्धानबाट मजदूरी गर्न भारत गएका उनीहरु बेपत्ता छन् ।
सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजनाअन्तर्गत तीन जिल्लामा तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले जानकारी दिए ।
हराएकाको खोजी गर्न स्थानीय प्रशासन कार्यालयमा उजुरी नपर्दा समेत यकिन तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको उनको भनाइ थियो । मडैले भने, “ अन्य जिल्लाको तथ्याङ्क सङ्कलन गरे बेपत्ताको सङ्ख्या बढ्नसक्छ ।”