arrow

ओली सरकारको वर्वरता, अपांगता भएकामाथि पनि बर्सायो लाठी

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
kalpana-khadka.jpg

काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादलाई मजबुद बनाउँदै गएको भन्दै राष्ट्रिय लोकताीन्त्रक अपांग संघले घोर विरोध जनाएको छ । 

ओली सरकारले जनताको बोल्न पाउने, विरोध गर्न पाउने अधिकार कुण्ठित पार्दै दमन नीति अंगालेको छ । हत्या हिंसा र भ्रष्टाचारका हिमायतीले आइतबार भएको शान्तिपूर्ण विरोध कार्यक्रममा अन्धाधुन्ध लाठी प्रयोग गरी नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाल महिला संघका दर्जनौंलाई घाइते बनाएको भन्दै संघले चर्को विरोध गरेको हो । 

त्यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघकी केन्द्रीय कोषाध्यक्ष कल्पना खड्का गम्भीर प्रकृतिको घाइते भएकी छिन् । 

यो वर्वरताप्रति संघले घोर भर्सना गर्दै गिरफ्तारमा परेका सबैलाई रिहा गर्न जोडदार माग गरेको छ । 

दुई तिहाइको दम्भमा दमन र निषेधको राजनीति गरे नेकपाको सरकारले महङ्गो चुनौतीको सामना गर्नुपर्ने हेक्का रहोस् भन्ने चेतावनीसमेत संघले दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ