प्रहरीले सञ्चारकर्मी पनि छोडेन, लालटिन जुलुसको रिपोर्टिङ गर्न गएकाहरुमाथि कुटपिट
प्रकाशित २०७५ माघ १३ आइतबार
201
Shares
काठमाडौ । सरकारविरुद्ध नेपाल विद्यार्थी संघले निकालेको लालटिन जुलुसको समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ ।
संघले काठमाडौको प्रर्दशनीमार्गस्थीत ल क्याम्पसबाट निकालेको लालटिन जुलसमा प्रहरीद्वारा हस्तक्षेप गर्दा सञ्चारकर्मीमाथि पनि कुटपिट भएको हो । कुटपिटबाट बिनोद कटवाल , उज्जल ढंगोल , बिजय गजमेर , कविन अधिकारी , अमुल थापा लगाएतका सञ्चारकर्मी घाइते भएका छन् ।
हिमशिखर टेलिभिजनसँग आवद्ध भिडियो-पत्रकार विनोद कटुवालमाथि प्रहरीले आईतबार साँझ नेविसंघले सरकारविरुद्ध निकालेको लालटिन जुलुशको समाचार संकलनका क्रममा भुकृटीमण्डपस्थित पुलिस क्लबभित्रै प्रहरीले बुटले हानेको हो ।
कटुवालले भने,‘म समाचार संकलनको लागि भिडियो खिचिरहेको थियो । त्यतिनै बेला म माथि प्रहरीले दुव्र्यवहार गर्यो । सूरुमा मलाई भिडियो खिच्नको लागि नै अनुमति चाहिन्छ भन्दै हप्की र दप्की गरे । म भिडियो खिचिरहकै अवस्था एक्कासी दई/तीन जना प्रहरीले मेरो तिघ्रा र हातमा बुट बर्साए ।’
त्यस्तै प्रदर्शन गर्ने विद्यार्थीहरु दुर्गा कापडी, सम्झना खत्री, विजय अनुराग शाह र सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै आजै डा गोबिन्द केसीको जीवन रक्षा तथा संसदबाट पारित चिकित्सा शिक्षा बिधेयकको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपमा केहि विद्यार्थी घाइते भएका छन् ।
सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले गरेको संयुक्त प्रर्दशन वानेश्वरमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरु नेविसंघ र तरुण दल समेत संयुक्त प्रर्दशनमा सहभागि थिए । प्रदर्शनबाट प्रहरीले १५ जना नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको नेविसंघ अध्यक्ष नैनसिह महरले जानकारी दिए ।