नेविसंघले राजधानीमै जलायो प्रधानमन्त्री ओलीको पुत्ला
प्रकाशित २०७५ माघ १३ आइतबार
620
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघ नेविसंघले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ।नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा चावहिलमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको नेविसंघले जनाएको छ। नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि नेविसंघ आन्दोलित भएको हो।
त्यसैगरी सत्याग्रही डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ।