arrow

पूर्वराजा डेढ महिने तराई यात्रामा 

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिने तराई यात्रामा निस्कदै छन् । आइतबार दिउँसो उनी काठमाडौंबाट बुद्ध एयरको विमानबाट सीमरा जाँदैछन् । 

पूर्व रानी कोमल र सहयोगीसंगै उनी अपरान्ह ४ बजे सीमरा विमानस्थल पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

सीमरामा एक हप्ता बस्ने कार्यक्रम रहेको उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । 

पूर्वराजा शाह माघ २० गते दमक जाने कार्यक्रम छ । दमकमा झण्डै एक महिना बसाई हुने बुझिएको छ । 

निजी भ्रमण र बसाईका क्रममा पूर्वराजाले स्थानीय नेतासंगै सर्वसाधारणसंग पनि छलफल गर्ने बुझिएको छ । 

अन्य कार्यक्रमहरु तय भइनसकेको र पछि कार्यक्रम बन्ने बताइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ