arrow

महिला संघको संयोजनमा कांग्रेसका भ्रातृसंस्था सडकमा, साढे १२ बजे संयुक्त प्रदर्शन 

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले संयुक्त प्रर्दशन गर्ने भएका छन् । 

नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरुले संयुक्त प्रर्दशन गर्न लागेको नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बताइन् । 

काठमाडौंका माइतीघर मण्डलादेखि बानेश्वरसम्म दिउँसो साढे १२ बजे संयुक्त प्रदर्शन हुन लागेको हो । नेपाल महिला संघकी अध्यक्ष रेग्मीका अनुसार कम्युनिस्ट सरकारले अधिनायकवादी तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको जानकारी दिइन् । 

मेडिकल क्षेत्रको सुधार र पूर्वसहमति कार्यान्वयनको माग गरेर असनरत डा गोविन्द केसीको जीवन रक्षा र कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरूलाई कारबाहीको माग गरेर आइतबार आकस्मिक रुपमा प्रदर्शन गर्न लागिएको संघकी महासचिव धना खतिवडाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ