arrow

कम्युनिष्ट अधिनायकवाद संसदमा देखियोः देउवा

सरकार हिटलरी शैलीमा अघी बढ्योः महामन्त्री कोइराला

logo
राजन परियार,
प्रकाशित २०७५ माघ १२ शनिबार
deuba--nc-congress-1.jpg

सिन्धुली,ग्वाल्टार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार सदनमा गरेको सरकारको व्यबहारदेखि आक्रोस जनाउँदै कांग्रेसले देशको हितका लागि राणा र राजालाई परास्त गरे झै अब  केपी शर्मावली नेतृत्वको कम्युनिष्ट सरकारलाई परास्त गर्ने बताएका छन्। सरकार अधिनायकबादी बनेको आरोप लगाउँदै सभापति देउवाले सरकारका विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिए। 

नेपाली कांग्रेस सिन्धुलीद्धारा शनिवार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा शहिद बाबुराम बरालको शालिक अनावरण कार्यक्रममा देउवाले चिकित्साशास्त्र विद्येयक सरकारले सदनबाट जवर्जस्तीपास गरेको बताए। कांग्रेस सभापति देउवाले अधिनायकबादको उदाहरण सदनमा देखिएको उल्लेख गर्दै त्यसको खिलापमा नेपाली कांग्रेस शसक्तरुपमा लड्ने समेत बताए। 

पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘डा गोविन्द केसीको मागमा पार्टीको समर्थन रहिरहने छ,’ उनले भने, ‘गिरिजाप्रसाद कोईराला र शुशिल कोईरालाको नाममा रहेको अस्पताललाई संघको मातहतबाट हटाउने निर्णय नसच्याए सदन र सडक दुवै ठप्प पार्छौ।’ 

सरकारले प्रजातान्त्रिकमूल्य र मान्यतालाई कुल्चेर हिडेको पनि सभापति देउवाको आरोप थियो । उनले थपे, ‘संसदिय अभ्यासलाई ध्वस्त बनाएर सरकार हिडेको छ । सरकार अधिनायकवादी बाटोमा हिडिरहेको छ।'

कार्यक्रममा पार्टीका महामन्त्री डा शशांक कोईरालाले नेपाली काँग्रेस परिवर्तनको बाहक भएको चर्चा गर्दै अहिलेको सरकार हिटलर जस्तै अधिनायकबादको बाटोमा हिडेको बताए। उनले आगामी दिनमा काँग्रेस एक ढिक्का भएर जाने बताए। ‘काँग्रेसभित्र आपसी मेलमिलापको कमीले निर्बाचनमा पराजय भोग्नु परेको हो,’ उनले भने, ‘कम्युनिष्टहरु एक भएर देशमा अधिनायकबाद सुरु भएको छ।’ 

कार्यक्रममा पार्टीका प्रबक्ता बिश्वप्रकाश शर्माले डा केसीलाई कात्रो ओढाउने अवस्था आए काँग्रेसले देश ठप्प पार्ने बताए। ‘बिगतमा काँग्रेसको नेतृत्वमा बनेको सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले आफैले गरेको भनिरहेको छ,’ उनले भने, ‘काँग्रेसले अहिले पनि सालिन प्रतिपक्षको भूमिका निर्बाह गरिरहेको छ । यसलाई कम्जोर नठानियोस।’ चिकित्सा  शिक्षा विद्येयक पारित गराउदा सदनमा भएको घट्नाले सरकारको विश्वास गुमेको उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ