काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदीय अभ्यास विपरीत चिकित्सा शिक्षा विद्येयक जवरजस्ती पारित गरेको बताएका छन्।
किङ्ग कम स्पोर्टस क्लबले आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले संसदले असंवैधानिक तवरले जवर्जस्त रुपमा विधेयक पारित गरेर सभामुखको भूमिकामाथि प्रश्न उठेको बताए। “बहुमतको बलमा पेलेर चिकित्सा शिक्षा विद्येयक पारित गर्नु संसदको गरिमाअनुसार संसदीय अभ्यास भएन,”–उनले भने।
संसद विपक्षीको पनि भएको भन्दै संसदीय व्यवस्थाअनुसार सभामुख निष्पक्ष रुपमा सबैलाई आफ्नो राय सुझाव राख्नुपर्ने अवसर दिनुपर्ने उनको भनाई थियो । “नाराबाजीका विचमा विद्येयक पारित गरिनु असंसदीय अभ्यास हो,”–नेता सिंहले भने। कांग्रेस यस्तो असंसदीय ब्यवहारको बिरुदमा ससक्त रुपमा प्रस्तुत हुने छ। संसदीय पद्धतिको रक्षाको लागि आफुहरु जस्तोसुकै मूल्य चुकाउन समेत तयार रहेको उनले सत्तापक्षलाई चेतावनी दिए। सिंहले शुक्रवारको दिन संसदिय ईतिहासमै दुखद दिनको रुपमा स्मरण हुने बताए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काँग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताललाई स्वीकृती नदिनु राजनीतिक पूर्वाग्रह भएको बताए। ११ संघ संस्थालाई स्वीकृतीको लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाँदा गणतन्त्र स्थापना र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दुई पूर्वप्रधानमन्त्रीको नाममा स्थापित अस्पताललाई स्वीकृत नदिएर सरकारले ठूलो गल्ती गरेको उनले बताए।