पोखरामा तरुणको विशाल र्याली, सरकारका कर्तुतको भण्डाफोर
प्रकाशित २०७५ माघ ११ शुक्रबार
903
Shares
पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पोखरामा विशाल र्याली निकालेको छ । सरकारका कर्तुतको भण्डाफोर गर्ने भन्दै तरुण दलले र्याली निकालेको हो । तरुण दलले निर्मला पन्तको हत्यारालाई कार्वाही , वाइबडी प्रकरणका दोषीलाई कार्वाही , महँगी नियन्त्रण लगयतको माग राखेको छ ।
पोखराको मानवअधिकार चोकबाट सुरु भएको र्याली पृथ्वी चोकमा पुगेर कोण सभामा परिर्णत भएको थियो। कोण सभामा बोल्दै तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले रबिन्द्र अधिकारीलाई देखेर आफुलाई घिन लाग्ने बताए । उनले भने 'म स्वबियु सदस्य हुदाको रबिन्द्र सभापति थिए । म उनलाई सम्मान गर्थे तर उनको अहिलेको चरित्रको बरेमा थाहा पाएपछि घिन लगेर आउँछ ।'
रबिन्द्र अधिकारीले चार अर्बको भ्रष्टाचार गरेको भन्दै अध्यक्ष बस्नेतले अधिकारीलाई बहिष्कार गर्न समेत कास्कीका जनतालाई अपिल गरे । साथै बस्नेतले खानेपानी मन्त्री विना मगर पनि विवादमा आएकाले दुबैलाई मन्त्रीबाट हटाउन पनि माग गरे ।
बस्नेतले भ्रष्टाचारको विरुद्धमा लड्न नै तरुण दल स्थापना भएको भन्दै भ्रष्टाचारीलाई एक-एक गरि पहिल्याउन सबै तरुणहरुलाई निर्देशन दिए। भ्रष्टाचारीका विरुद्ध आफुहरु हरेक तह र तप्कामा लड्न तयार रहेको भन्दै कर्याकर्तालाई पनि लड्नको लागी तयारी अवस्थामा रहन आग्रह गरे ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब आठ हजार तरुण सदस्य तथा कांग्रेस नेता-कार्याकर्ता जुलुसमा सहभागी भएको तरुण दलका केन्द्रीय प्रतिनिधि पदम भट्टराईले जानकारी दिए।
कोणसभालाई गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेत कृष्णचन्द्र नेपाली , कांग्रेस कास्की सभापति कृष्ण केसी , तरुणदलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजंङ्ग शाही र कोषाध्यक्ष विद्वान गुरुङले सम्बोधन गरेका थिए ।