विद्युत सट भएर भक्तराजको घरमा लाग्यो आगो, ११ लाखको क्षति
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ माघ ११ शुक्रबार
339
Shares
कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ खैरीफाटमा एक स्थानीयको घरमा आगलागी भएको छ । शुक्रबार बिहान करीब साढे १० बजेतिर विद्युतको तार सट हुदाँ स्थानीय भक्तराज भाटको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर भित्र रहेका सरसामान र लत्ताकपडा लगायत अन्नपात जलेर नष्टभई करीब ११ लाख जती क्षति भएको छ । स्थानीयबासी, प्रहरी चौकी अमरावती, इलाका प्रहरी कार्यालय टिकापुर र टिकापुर नगरपालिकाको दमकलबाट लामोसमय छि आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
आगलागीबाट मानविय क्षती नभएको प्रहरी चौकी अमरावतीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेन्द्र बहादुर पालले जानकारी दिए ।