मन्त्रालयको गाडी तोडफोडपछि नेविसंघका ५ दर्जन कार्यकर्ता पक्राउ
प्रकाशित २०७५ माघ ११ शुक्रबार
574
Shares
काठमाडौं । प्रहरीले मन्त्रीको गाडीमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले सहित ५ दर्जन बढी कार्यकर्ताहरु पक्राउ परेका छन् । शुक्रबार संसदमा काँग्रेसको विरोधका बाबजुत सत्तापक्षले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएपछि पुरानो वानेश्वरमा नेविसंघ कार्यकर्ताहरुले सरकारी गाडीमाथि भएको तोडफोड गरेका थिए । सोही तोडफोडको आधारमा प्रहरीले ५ दर्जन कार्यकर्तालाई पक्राउ गरी नेपाल पुलिस क्लवमा राखिएको छ ।
यसरी पक्राउ पर्नेमा सरोज तिमल्सिना, जीवन ओझा, शाही पोखरेल, खडक बहादुर शाही, तपेन्द्र बुढा, गणेश तन्डन, राकेश शिवाकोटी, भोजराज भण्डारी, रविन्द्र रोकाय र विष्णुहरि खड्का समेत रहेको विद्याथी नेता ऋषिकेश शाहले जानकारी दिए । उनीहरुलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।
विहानै डा. गोविन्द केसीको पक्षमा प्रदर्शनमा उत्रिएका आफ्ना विभिन्न कार्यकर्तालाई शुक्रबार दिउँसो नयाँ वानेश्वरबाट पक्राउ गरेको आरोपमा नेविसंघका नेता दुजाङ शेर्पा र तपेन खड्का सहितको टोलीले पुरानो वानेश्वरमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी तोडफोड गरेका थिए।
शुक्रबार दिउँसो साढे १२ बजे अनसनरत डा। गोविन्द केसीको समर्थनमा स्वतन्त्र नागरिकको प्रदर्शनमा नेपाल विद्यार्थी संघले पनि साथ दिएको थियो । सोही प्रदर्शनबाट झण्डै दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेकोमा नेविसंघका पनि दर्शन बढी कार्यकताहरु पक्राउ परेको नेविसंघले जनाएको छ । आफ्ना कार्यकर्ताहरुको पक्राउको विरोधमा नेविसंघले तत्काल प्रतिक्रिया स्वरुप तोडफोडमा उत्रिएका थिए ।
यसरी पक्राउ पर्नेहरुमा नेविसंघका नवराज त्रिपाठी, योगेन्द्र रावल, नारायण घिमिरे, सुनील शर्मा, पर्वत खड्का, पावेल बज्राचार्य, चेतराज धिताल, कविराज बस्नेत लगायतका नेताहरु पक्राउ परेको नेविसंघले जनाएको छ । नेविसंघका नेतहरुसँगै विवेकशील नेपाली दलका उज्वल थापा, शशिविक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थिमी लगायत समेत पक्राउ परेका छन् ।