चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को : योगेश भट्टराई
प्रकाशित २०७५ माघ ११ शुक्रबार
510
Shares
काठमाडौं । नेकपाका नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई चिकित्सा क्षेत्रमा क्रान्तिकारी फड्को रहेको बताएका छन् । संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले शुक्रबार पारित भएको चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीको सबै माग पूरा भएको प्रतिक्रिया समेत दिएका छन् ।
उनले पत्रकारहरुसँग संसदीय परम्पराको अभ्यासको आधारमा विधेयक पारित गरेको भन्दै विधेयक पास गर्ने क्रममा केही तितामिठा कुरा भएको बताएका छन् । उनले भने ुहामी प्रतिपक्षीको विरोधलाई सम्मान गर्छौं। सदनले उहाँहरूको विरोध गर्न पाउने अधिकारलाई रक्षा गर्छ र नेकपाले त्यसलाई सहज रूपमा लिन्छ,’ भट्टराईले भने, आधा दशकदेखि छलफल भइरहेको चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हो।’
उनले यो सँगै अब प्रतिपक्षीले चिकित्सा शिक्षामाथि राजनीति गर्ने दिन सकिएको समेत बताए । उनले विधेयक पारित हुँदा डाक्टर केसीको सतप्रतिशत जित भएको जिकिर गर्दै अब उनले जिन्दगीभर अनसन बस्नु नपर्ने बताए।