डा. केसीका दुई दर्जन बढी समर्थक वानेश्वरबाट पक्राउ
प्रकाशित २०७५ माघ ११ शुक्रबार
501
Shares
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका झण्डै दुई दर्जन समर्थकहरु शुक्रबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । केसीको मागप्रति सरकारी बेवास्ताको विरोधमा स्वतन्त्र नागरिकहरुले काठमाडौंको नयाँ वानेश्वरमा सामुहिक गिरफ्तारी कार्यक्रम राखेको थियो । सोही कार्यक्रमबाट प्रहरीले दुई दर्जन बढी कार्यकर्ता पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा उज्वल थापा, शशिविक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थिमी लगायत रहेका छन्।
शुक्रबार नयाँ वानेश्वरमा मध्याह्न साढे १२ बजे डा। केसीको समर्थन र सरकाररसंसदको मौनताको विरुद्धमा स्वतन्त्र नागरिक मोर्चाले सामुहिक गिरफ्तारी दिइएको कार्यक्रम रहेको मोर्चाका संयोजक रबिन्द्र सिंह बानियाँले जानकारी दिए ।
बानियाँका अनुसार डा। केसीको मागप्रति चासोदिन सरकारलाई दबाब दिने उद्देश्यले डा।केसीको अभियानमा साथ दिने सम्पूर्णलाई उपस्थित भएर गिरफ्तारी दिन आह्वान गरिएको हो
डा। केसीको मागको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत सदन र सडकमा समेत विरोध गरिरहेको बेलामा नागरिक समाजका अघुवा, मानवअधिकावादी लगायतले समेत डा। केसीको समर्थनमा आन्दोलन गरिरहेका छन् । उनलीहरुले केसीका जायज मागहरु पूरा गर्नको लागि आग्रह सहित यथासक्य चाँडो डा केसीको माग पूरा गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।