शुक्रबार स्वतन्त्र नागरिकहरुले सामुहिक गिरफ्तारी आह्वान गर्ने
प्रकाशित २०७५ माघ ११ शुक्रबार
323
Shares
काठमाडौं । अनसनरत डा गोविन्द केसीको मागप्रति सरकारी बेवास्ताको विरोधमा स्वतन्त्र नागरिकहरुले काठमाडौंको नयाँ वानेश्वरमा सामुहिक गिरफ्तारी कार्यक्रम गर्ने भएका छन् ।
शुक्रबार नयाँ वानेश्वरमा मध्याह्न साढे १२ बजे डा। केसीको समर्थन र सरकाररसंसदको मौनताको विरुद्धमा स्वतन्त्र नागरिक मोर्चाले सामुहिक गिरफ्तारी दिने कार्यक्रम रहेको मोर्चाका संयोजक रबिन्द्र सिंह बानियाँले जानकारी दिए ।
बानियाँका अनुसार डा. केसीको मागप्रति चासोदिन सरकारलाई दबाब दिने उद्देश्यले डा।केसीको अभियानमा साथ दिने सम्पूर्णलाई उपस्थित भएर गिरफ्तारी दिन आह्वान गरिएको हो ।
डा. केसीको मागको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत सदन र सडकमा समेत विरोध गरिरहेको बेलामा नागरिक समाजका अघुवा, मानवअधिकावादी लगायतले समेत डा. केसीको समर्थनमा आन्दोलन गरिरहेका छन् । उनलीहरुले केसीका जायज मागहरु पूरा गर्नको लागि आग्रह सहित यथासक्य चाँडो डा केसीको माग पूरा गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।