arrow

'महरा सभामुख हुन कि गुरिल्ला ?'

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
tarun2.jpg

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सभामुख कृष्ण महरा सभामुख हुन् की बुर्जुवा भन्दै प्रश्न गरेका छन् । तरुण दल प्रदेश नं. तीनले आयोजना गरेको विशाल प्रर्दशनपछिको सभालाई संवोधन गर्दै शाहीले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका शाहीले महरा सभामुख हुन कि गुरिल्ला ? भन्दै प्रश्न गरे । संसदमा निस्पक्ष भुमिका निर्वाह नगरेर महराले संसदीय मुल्यको उपहास गरेको दावी गरे । उनले नेपाली कांग्रेसका सांसदहरुलाई नडराई प्रतिवाद गर्न समेत अपिल गरे ।

संसदमा प्रतिपक्षलाई लत्याएर सभामुखले स्वविवेकले निर्णय गर्न खोज्नु अधिनावाद आइसेकेको दावी गरे । सदनदेखि सडकसम्म अधिनायकवादको गन्ध आइरहेकाले यसको अन्त्यका लागि तरुण दलको लडाई भएको उनले जिकिर गरे ।

उनले डा. गोविन्द केसीको अनसनलाई व्यवास्त गर्दै शिक्षा विधेक जवरजस्ती सदनमा पास गर्न खोज्नु सरकारको नियत नै ठिक नभएको दावी गरे । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनतालाई विकास र समद्धि दिनुको सट्टा मुलकमा भ्रष्टाचार, मुल्यबृद्धि, हत्या हिंसाका घटना बढिरहेकाले यो सरकारप्रति जनताले के अपेक्षा गर्ने भनि प्रश्न गरे ।

निर्मला पन्तका हत्यारालाई यति लामो समयसम्म पनि पक्राउ गर्न नसक्नुले सरकारका मान्छेहरु नै शंकाको दायरामा रहेको बताए । वाईडवडीमा भएको भ्रष्टचार लगाएतका यावत समस्याहरुले पनि सरकार असफल भईसकेको दावी शाहीले गरे ।

हजारौँ कार्यकर्ताले गरेको प्रर्दशनमा तरुण अहिले तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आफ्नो धाराण राखिएरहेका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ