जनताको स्वास्थ्यमा राजनीतिक चलखेल आखिर कहिलेसम्म ?
प्रकाशित २०७५ माघ १० बिहिबार
227
Shares
काठमाडौं। मुलुकमा अहिले दुई खेमा छ। एउटा डा गोविन्द केसीको पक्ष र अर्को विपक्ष। सत्याग्रही प्राडा गोविन्द केसी १६ दिनदेखि गुणस्तरीय चिकित्सा शिक्षाको सर्वसुलभताका लागि लडिरहेका छन्। उता अर्को पक्ष उनका मागलाई दबाउन साम, दाम, दण्ड, भेदको योजना बुनिरहेको छ । चिकित्सक एवं चिकित्सा क्षेत्रका विद्यार्थीहरु भने डा केसकिो पक्षमा समर्थन गरिरहेका छन्।
यसैबीच डा केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै धरानमा चिकित्सक एवं विद्यार्थीहरुले जनताको स्वास्थ्यमा राजनीतिक चलखेल आखिर कहिलेसम्म ? भन्दै जुलुस र्याली निकालेका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक विद्यार्थीहरुले राजनीतिक हस्तक्षेप कहिलेसम्म भनी सरकारलाई प्रश्न गरेका हुन्।