काठमाडौं । मंगलबार रातिदेखि परेको वर्षाका कारण मुलुकभर नै चिसो बढेको छ । वर्षा अझै केही दिन हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाइरहँदा चिसोले थप अत्याएको छ ।
काठमाडौं उपत्यकामा बिहीबार बिहान बाक्लो हुस्सु लागेको छ । बिहानको भिजिविलिटी निकै रहेको छ । जसले गर्दा जहाज उडानमा समेत समस्या रहेको छ ।
हुस्सु दिउँसोमात्र हट्ने महाशाखाले जनाएको छ ।
बिहीबार देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ।
त्यसैगरी देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहनेछ । पश्चिमी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
हिमाली क्षेत्रहरुमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा बर्षासंगै असिनासमेत परेको छ ।
के हुन सक्छ शुक्रबार ?
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
त्यसैगरी देशभर सामान्यतया बदली हुनेछ । पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
शनिबारको अवस्था ?
महाशाखाका अनुसार दिउँसो देशको पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमालि भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।
त्यसैगरी राति देशभर सामान्यतया बदलि हुनेछ । पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।