arrow

उपत्यकामा शनीबारसम्म पानी पर्ने

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
ktm-weather.jpg

काठमाडौं। उपत्यकामा मंगलबार रातिदेखि परेको पानी शनिबार सम्म पर्ने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ। गएराति देखि परेको पानी पर्ने र रोकिने हुदै आज दिनभर नै जारी रहने मौसमबिद समिर श्रेष्ठले बताए। पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पुर्वी भागमा सर्ने क्रममा यस क्षेत्रमा मंगलबार रातिबाट पानी परेको  श्रेष्ठले जानकारी दिए।

यो प्रणाली सोमबार बाटै  सुदुर पश्चिममा प्रबेश भई पानी पर्न सूरु भएको हो। यस प्रणाली सुदुर पश्चिमबाट पुर्व सर्ने क्रममा रहेकाले भोली एकदिन मौसममा सुधार भएपनि शुक्रबार र शनीबार फेरी मौसम बदली भई पानी पर्ने बिभागले पुर्वानुमान गरेको छ। भोली एकदिन दिनभर मौसम बदली मात्रै हुने भएपनि पर्सिदेखि फेरी बिचमा रोकिदै पानी पर्ने क्रम शनिबारसम्मै जारी रहने बिभागका मौसमबिद श्रेष्ठले पुर्वानुमान गरे।

देशभर सामान्य देखि पूर्ण बदलि भई  पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा आज दिनभर जारी रहने संभावना छ। यसले देशका पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना छ। साथै देशको पश्चिम बाहेकका  हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको  संभावना देखिन्छ।

राजधानी संगै मध्य पहाडी क्षेत्रमा हिमपातको सम्भावना कम रहेको छ। राति भने देशभर सामान्यतया बदलि हुनेछ। पश्चिमि क्षेत्रका केहि स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। 

बिहिबार दिउँसो देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा आंशिक बदली रहनेछ। बिहिबार राति भने देशको पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। शु्क्रबार दिउँसो देशभर पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा सामान्य देखि पूर्ण बदलि हुनेछ।

पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको बिभागले जनाएको छ। साथै देशको हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि संभावना देखिन्छ।

बिजुली चम्किने बादल सक्रिय
मंगलबार रातिको बर्षाले उपत्यका र पहाडी क्षेत्रमा बिहानी पखमा बिजुली चम्काउने बादल सक्रिय भएको मौसमबिद श्रेष्ठले बताए। देशका ९ स्थानमा जडान भएका राडार मार्फत प्राप्त जानकारी अनुसार बिहानीपखमा पहाडी क्षोत्रमा बिजुली चम्काउने बादल सक्रिय भइ केही स्थानमा मेघ गर्जिएको छ। मेघ गर्जिए पनि यसले असिनापर्ने सम्भावना भने नरहेको बिभागका मौसमबिद श्रेष्ठको दाबी छ।

न्युनतम तापक्रम आज ९ डिग्री
केही दिनदेखि ४ डिग्रीमा रहेको स्थिर न्युनतम तापक्रम आज ९ डिग्री पुगेको छ। न्युनतम तापक्रम ९ पुग्ने बित्तिकै आज बिहान न्यानो महसुस गरिएको छ। रातिको बदलिका कारण बिहानमा न्यानो महसुस भएको हो। बिहान न्यानो महसुस गरिएपनि दिउसो र साझपख चिसो बढने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ