arrow

सरकारको विरोधमा नेविसंघको राजधानीमा प्रदर्शन 

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
NSU_birodh.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघले सरकार विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा राजधानीको माईतिघरबाट विरोध प्रदर्शन सुरु भएको हो । 

उनीहरुले सरकार माफियाको चंगुलमा फसेको भन्दै सरकारको चर्को विरोध गरेका छन् । निर्मला पन्तको हत्यारा ५ महिनासम्म पनि पत्ता लगाउन नसकेको, चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको माग पूरा नगरेको प्रति उनीहरुले सरकारको विरोध गरेका छन् । 

मंगलबार प्रतिनिधि सभामा सत्ता पक्षले जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएको भनेर विरोध गरेको काँग्रेसको भातृ संस्था नेविसंघले बुधबार सडकमा विरोध जनाएको हो । मंगलबार नै पनि नेविसंघले नयाँ वानेश्वरमा निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको थियो । नेविसंघले मंगलबार विज्ञप्ती जारी गर्दै डा। केसीको पक्षमा र निर्मला पन्तको बलात्कारको विरोधमा वृहत्त विरोध प्रदर्शन गर्न लागेको जनाएको थियो । अध्यक्ष नैनसिंह महरले देशभरका नेविसंघका नेताहरुलाई सरकार विरोधी प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ