arrow

विशिष्ट श्रेणीका ५६ सचिवलाई समायोजन पत्र

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
local-development-ministry-and-federal-affair.jpeg

काठमाडौँ । सरकारले विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरेको छ ।  ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ५६ सचिवको सङ्घमा समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । उनका अनुसार ज्येष्ठताका आधारमा ती सचिवलाई मुख्य सचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिएका हुन् ।

केही दिनअघि मात्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समायोजन रोजेका सचिवको पत्र स्वीकृतका लागि पठाएको थियो । मन्त्रालयले पठाएको आधारमा मन्त्रिपरिषद्ले ती सचिवको समायोजन पत्र स्वीकृत गरी समायोजन गरेको हो ।

यसैगरी मन्त्रालयले तीनै तहमा सहसचिवको समायोजनमा लागि पत्र तयार पारेको छ । उहाँका अनुसार समायोजन रोजेका करीब ६०० सहसचिवको समायोजन वीकृत गर्न मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाउन लागिएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोनजको पत्र दिनेछन् ।

कर्मचारीले यही पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए । यसैगरी सङ्घमा मात्र सेवा समूह रहेकाको समायोजनको प्रक्रियासमेत शुरु गरिएको उपसचिव निरौलाले बताए । उनका अनुसार सङ्घमा मात्र सेवा समूह रहेका परराष्ट्र, न्याय र महालेखा परीक्षक सेवा समूहको समायोजनको प्रक्रिया प्रारम्भ भएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ