धनुषामा सार्वजनिक रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ
निरंजन साह,
प्रकाशित २०७५ माघ ८ मंगलबार
842
Shares
जनकपुरधाम । प्रदेश नम्बर दुईको धनुषा जिल्ला विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदहीमा मंगलबार काचो काठ पक्राउ गरेको छ ।
बाताबरण तथा सार्बजनिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले नगर प्रमुखको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलिले मंगलबार वैदेही रेल्वे स्टेशन नजीक रहेको बिमला नदि छेउको सार्वजनिक रुख काटेर ज १ त ५०७६ नम्बर को ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ गरेका छन ।
गैर कानुनी रूपमा अनुमति बेगर काचो रुख काट्न प्रतिबन्ध रहेको भएपनि नदि छेउको रुख स्थानीय सगिरा खातुनले काट्न लगाएको ट्याक्टर चालक धर्मेन्द्र यादवले बताएका हुन् ।
विदेह नगरपालिका का मेयर बेचन दास, वडा अध्यक्ष जुमराती नदाफ, शसस्त्र प्रहरी बल नेपाल धनौजी का इन्स्पेक्टर सागर राई, प्रहरी चौकी बैदेहिका असइ बिसम्बर साह लगायत का टोलिले काठ पक्राउ गरेका छन ।
पक्राउ गरेको काठ नगरपालिकाको कार्यालयमा पठाउने कार्य भैरहे मेयर दासले बताए । बिमला खोलाको छेउमा करिब ९ किलोमिटरमा सार्वजनिक जामुनको रुख, बाँस, निमको रुख लगायतका काठ रहेको हो । जसको अन्दाजी मुल्य करिब एक करोड रुपैयाँ हुने अनुमान गरिएका छन ।