arrow

पत्नी सीतापछि प्रचण्ड र बुहारी बीना अस्वस्थ

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
prachanda-g-new.jpeg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनि निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
 
चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । यसैबीच सुमेरु अस्पताल ललितपुरमा ज्वरो र रुघाखोकी लागी भर्ना भएकी अध्यक्ष दाहालकी धर्मपत्नी सीता उपचारपछि सोमबार राति घर फर्किएकी थिइन्  ।

साथै खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।  भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनि सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएकी उनका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिए।

मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ