arrow

'मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो'

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
ausadi-expo.jpg

काठमाडौं ।  नेपाल औषधी उत्पादक संघले फागुन १७ देखि १९ सम्म चितवनमा 'मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो' गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मलेलन गर्दै संघले  यस पटकको एक्स्पो नेपालमा औषधी उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधीको विस्तारका अतिरिक्त सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान सहित हुने जनाएको छ । अंगदानको लागि संघले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य गरेको छ। एक्स्पो मार्फत कम्तिमा १ हजार जनाले अंगदान गर्ने विश्वास संघको छ।


मितिः २०७५ माघ ८
प्रेस विज्ञप्ती
आदरणिय पत्रकार मित्रहरु
नेपाल ‍औषधी उत्पादक संघको निम्तोमा यस पत्रकार सम्मेलनमा आउनुभएका तपाइहरुलाई हार्दिक स्वागत गर्दछौ। नेपाललाई औषधीको उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ स्थापना गरिएको यस संघ आफ्नो लक्ष्य प्राप्तितर्फ उन्मुख छ। यस दिशामा हामीहरुलाई नीतिगत तथा कार्यगत रुपमा सहयोग गर्ने नेपाल सरकार, सरोकारवाला निकायका साथै आमसञ्चार क्षेत्रलाई धन्यवाद दिन्छौ।

हामीहरुले उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव र मेसिनहरुको प्रत्येक दुई बर्षमा एक्स्पो गर्दै आएका छौ। एक्स्पोमा हामीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पहिलो पटक मरणोपरान्त अंगदानको अभियानलाई पनि संस्थागत गर्ने निर्णय गरेका छौ।

यस अभियानकै क्रममा संघले फागुन १७ देखि १९ सम्म चितवनमा 'मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो' गर्न गइरहेको छ। यस पटकको एक्स्पो नेपालमा औषधी उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधीको विस्तारका अतिरिक्त सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान सहित हुने लागेको तपाइहरुमार्फत जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ। अंगदानको लागि संघले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य गरेको छ। एक्स्पो मार्फत कम्तिमा १ हजार जनाले अंगदान गर्ने विश्वास संघको छ।
पत्रकार साथीहरु
नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,  नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्‍यार्न अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने, औषधी प्रावधिकि र फर्मासिस्टहरुलाई अन्तराष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्य एक्स्पोको रहेको छ। नेपालमा हाल प्रत्येक बर्ष ३५ वटा प्राविधिक कलेजबाट करिव १५ सय औषधी प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएका छन्।

एक्स्पोमा २ सय स्टल रहनेछन्। औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय, चिनियाँ १० कम्पनी एक्स्पोमा सहभागि हुनेछन्। नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिनेछन्। एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुनेछन् भने सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिनेछ।

एक्सपोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियल कम्पनी प्राइभेट लिमिटेड रहेको छ। त्यसैगरि डाइमण्ड स्पोन्सरमा सन्साई फर्मा र एलम्याक टेक्नोलोजी रहेका छन्। एक्स्पोको गोल्ड स्पोन्सरमा जीएमपी टेक्नीकल सोलुसन, एनपीएम मेसिनरी र एजिलेन्ट टेक्नोलोजी/प्रुडेन्ट मेडिटेक रहेका छन्।

एक्स्पोको आवद्ध संस्थाहरुमा औषधी व्यवस्था विभाग, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,  भक्तपुर, नेपाल औषधी व्यवसायिक संघ,  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र ग्रयाजुयट फर्मासिस्ट एसोसियसन अफ नेपाल, एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल रहेका छन्।

काठमाडौं बाहिर पहिलोपटक चितवनमा हुन लागेको एक्स्पोमा करिव ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने संघको विश्वास छ। एकस्पोमा सहभागि हनु आउनेहरुको सुविधाको लागि फुड कोर्ट, पार्किङ लगायतको व्यवस्था मिलाइएको छ।  
अन्त्यमा हाम्रो निम्तोलाई स्विकारेर पत्रकार सम्मेलनमा आउनुभएका तपाइ सबै पत्रकार साथीहरुलाई धन्यवाद दिन्छौ। धन्यवाद।

जी नारायण बहादुर क्षेत्री                                         विप्लव अधिकारी
संयोजक                                         मिडिया कोअर्डिनेटर
नेपाल फर्मा तथा हेल्थ एक्स्पो                              नेपाल फर्मा तथा हेल्थ एक्स्पो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ