पत्रकार रमेश चालिसेको निधनमा युनियनद्वारा दुःख व्यक्त
प्रकाशित २०७५ माघ ८ मंगलबार
442
Shares
काठमाडौँ। नेपाल प्रेस युनियनले पत्रकार रमेश चालिसेको निधनमा दुःख व्यक्त गरेको छ ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गरी अग्रज सञ्चारकर्मी एवं नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य चालिसेको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।
“चालिसेको निधनले नेपाल प्रेस युनियन अत्यन्तै दुखित भएको छ, चालिसेको निधनले नेपाली सञ्चार क्षेत्र र ट्रेड युनियन आन्दोलनलाई ठूलो क्षति पुगेको छ”, विज्ञप्तिमा भनिएको छ ।
चालिसेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै युनियनले उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । सडक दुर्घटनामा परेका चालिसेको सोमबार निधन भएको हो।