arrow

अनसनको बेडबाटै डा केसीको माननीयहरुलाई अपील, [भिडियोसहित]

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
dr-kc-bed.JPG

काठमाडौं । १४ दिनदेखि १६ औं चरणको आमरण अनुसनमा बसिरहेका सत्याग्रही डा गोविन्द केसीले शिक्षण अस्पताल महाराजगञ्जको बेडबाटै माननीयहरुलाई अपील गरेका छन् । 

उनले मंगलबार चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्दै गरेको जानकारीमा आएको हुनाले त्यसमा जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु समेटेर विधेयक पारित गर्नेमा आशावादी रहेको बताएका छन् । 

उनले भनेका छन् –‘जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिले पारित गरेको छ । हामीसंग सम्झौता भए अनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु फेरि थपेर माननीय ज्यूहरुले जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउन सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु । र म अनुरोध पनि गर्न चाहन्छु ।’

नमस्ते माननियज्युहरु!
१६ औ सत्याग्रहको १४ औ दिन डा गोबिन्द केसी भन्नुहुन्छ: pic.twitter.com/3OM6CvTYf3

— Abhishek Raj Singh (@seeuabhishek) January 22, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ