arrow

मुलुकभर वर्षा !

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
raining.jpeg

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भूभागमा मंगलबार वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली हुने महाशााखाको भनाइ छ । त्यसैगरी पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै पश्चिमी र मध्यका हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाले मंगलबार राति देशको पहाडी भुभागमा सामान्यदेखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदली हुने तथा पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। 

साथै पश्चिमी र मध्यका हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ भने पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबारको पूर्वानुमान यस्तो छ 
दिउँसोः देशभर सामान्यतया बदली हुनेछ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदली हुनेछ । पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ। साथै देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना देखिन्छ ।

 माघ १० गते बिहीबार –

दिउँसोः देशको पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पुर्वी तथा मध्यका पहाडी भुभागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

रातिः देशको पहाडी भुभागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । तथापि मध्यरात पश्चात देशभर आंशिक बदली रहने संभावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ