arrow

पार्टीको अप्रेशन गर्न युवा डाक्टर आवश्यक : चन्द्र भण्डारी

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले  पार्टीको अप्रेशन गर्नु पर्ने बताएका छन् । भण्डारीले पार्टी भित्रै आन्तरिक द्वन्द्व रहेकाले पार्टीलाई बलियो बनाउन अप्रेशन गर्नु पर्ने बताएका हुन् ।

सोमबार  नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम नेता भण्डारीले नेपाली कांग्रेस कमजोर भएकै कारण मुलुक र पार्टी समस्यामा रहेको भन्दै त्यसको समधानका लागि अब  राम्रो डाक्टरको आवश्यक रहेको औल्याए ।

 नेपाली कांग्रेसले पार्टीमा योगदान पुर्‍याएका व्यक्तिको मूल्याङ्कन नगरेको भन्दै पार्टीलाई बलियो बनाएर लैजानका लागि नयाँ ढंगाबाट अगाडि बढ्नु पर्ने धारण व्यक्त गरे  । नेतृत्वको कार्यशैलीका कारण पार्टीले स्थानीय, प्रदेश र केन्द्रमा  पराजित हुन पुगेको भन्दै अब नेतृत्वको कार्यशैलीमा परिवर्तनको आवश्यक रहेकोमा जोड दिए ।  पुरानो डाक्टरबाट कांग्रेसभित्र लागेको रोग निको हुन सक्दैन, त्यसैले रोग निको पार्न युवा नै जागरुक हुनुपर्छ’, नेता भण्डारीले भने । पार्टी नेतृत्वले समान अवसर र  समान न्याय दिनु पर्ने भन्दै  यस्तो गर्न नसके अर्को महाधिवेशनबाट विदा गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेखिए सहभागिता रहेको थियो । कार्यक्रम पार्टीका उपसभापति देवराज ढकालको स्वागत, सभापति वीरबहादुर रानाको  सभापतित्व र कार्यक्रमको सञ्चालन सचिव अजयमान कर्मचार्यले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ