धनगढी । कैलालीको गोदावरी नगरपालिका १ का युवक अरुण भट्टको हत्या घटनामा संलग्न चार जना अभियुक्तलाई प्रहरीले प्रक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले भट्टको हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका २ का विनोद ऐर, सहायक अभियुक्त धनगढी उपमहानगरपालिका ३ का डेबिटसिंह ऐर, भजनी नगरपालिका २ की मन्जु चौधरी र धनगढी उमहानगरपालिका १३ का लोकेस खत्रीलाई सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले चारै जनालाई धनगढीबाट पक्राउ गरिएको र अन्यको खोजी कार्य भइरहेको जानकारी दिए । धारीलो हतियार प्रयोग गरि भट्टको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलुको र उनीहरु बिरुद्ध मुलुकी फौजदारी अपराध संहिता अन्र्तगत कार्वाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रहरीले घटनामा प्रयोग गरिएको से ४ प ५९२८ नं.को मोटरसाइकल समेत बरामद गरेको छ । यहि माघ ५ गते अत्तरीया बजार नजिकै धारीलो हतियार प्रयोग गरी भट्टको हत्या गरिएको थियो ।