arrow

पार्टीभित्र छलफल गरेर चाँडै छाँया सरकार बन्छ : महामन्त्री कोइराला

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ७ सोमबार
sasank.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग कुनै स्पष्ट नीति नरहेको आरोप लगाएका छन् ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल काठमाडौंद्वारा धनुषाको ढल्केवरमा निर्माण गरिने शाखा भवनको शिलान्यास तथा अस्थायी आँखा उपचार केन्द्रको उदघाटन गर्न सोमबार जनकपुरधाम आएका महामन्त्री कोइरालाले जनकपुरधाम विमानस्थलमा पत्रकारहरु सँग कुरा गर्दै सरकार गठन भएको १० महिना बितेपनि सरकारले अहिलेसम्म कुनै ठोस योजना निर्माण गर्न नसकेको जिकिर गरेका हुन् ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने चेतावनी समेत महामन्त्री कोइरालाले  दिए । देशमा ४० बर्ष उमेर समूहका युवाहरुको संख्या ६० प्रतिशत भन्दा बढि रहेकाले अब युवाहरुले नै देश निर्माण गर्न सक्ने र उनीहरुका लागि सरकारले आरक्षणको ब्यबस्था गर्नुपर्ने आबश्यकता रहेको महामन्त्री कोइरालाले बताए ।

 महामन्त्री कोइरालाले पार्टीभित्र पनि विभिन्न विभागहरु गठन गरी युवाहरुलाई परिचालन गर्ने नेपाली कांग्रेसको आगामी योजना रहेको बताए । कोइरालाले भने 'पार्टीभित्र छलफल गरेर चाँडै छाँया सरकार चलाउछौ ।'

१६ औं पटक अनसनमा बसेका डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारले वेवास्ता गरिरहेको भन्दै डाक्टर केसीको सबै मागहरु तत्कालै पुरा गर्नुपर्ने आबश्यकता रहेको समेत महामन्त्री कोइरालाले  बताए ।

फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोइरालाले प्रदेश नम्बर दुईका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटना संघियता विरोधी क्रियाकलाप रहेको बताए । महामन्त्री कोइरालाले देश धर्मनिरपेक्ष नभई धर्म स्वतन्त्र हुनुपर्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ