arrow

प्रचण्डसँग असन्तुष्ट केशव दाहाललाई उपेन्द्रले गराए पार्टी प्रवेश

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
upendra-party.jpg

काठमाडौ। संघीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालसँगै सयौंको संख्याका रहेका नेता कार्यकर्ता फोरम नेपालमा आबद्ध भएका छन् । नेकपा केन्द्रको प्रवेशसँगै केन्द्रदेखि स्थानीय तहसम्म फोरम नेपाल झन् संगठित र बलियो भएको छ । गतसाता मात्रै दुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरम नेपालमा प्रवेश गरेका थिए ।

फोरम नेपालमा एकीकृत भएका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको बताए ।

आजदेखि औपचारिक रुपमा फोरम नेपालसँग जोडिएका दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको प्रतिक्रिया दिएका छन् ।

केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्यान्तप्रति असन्तुष्टि जनाउँदै छुट्टिएको थियो । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा केशव दाहालको नेतृत्वमा सो टिम विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ