arrow

लागू औषधसहित दुई युवक पक्राउ

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
pakrau-new.jpeg

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट लागू औषधसहित दुई युवक पक्राउ परेका छन् । सीमापारी भारतीय बजारबाट लागू औषध लिएर आउँदैगर्दा शनिबार साँझ अस्थायी प्रहरी पोष्टले उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको सोनवर्षाका २८ वर्षका राजेश कुमार महतो र सिन्धुपाल्चोकका १८ वर्षीय सनम लामा रहेका छन् । भारतीय नागरिक महतोलाई बीआर ३० एस ३१८५ नं. को मोटरसाइकलमा आउँदैगर्दा दुई सय ८८ थान स्पास्मो र सिन्धुपाल्चोकका सनम लामाको साथबाट एक सय १४ थान नाइट्रोभेट ट्याबटेल बरामद भएको प्रहरीले जनाएको छ ।

लागू औषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ