arrow

गोविन्द केसी विरुद्ध अनसनरत थापाको पक्षमा प्रदर्शन

logo
प्रकाशित २०७५ माघ ५ शनिबार
bijaya_thapa.JPG

काठमाडौँ । स्वतन्त्र सचेत युवा विद्यार्थीले आज अनशनरत विजय थापाको पक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले थापालाई उपचारमा सहयोग नगरेको, सरकारी तलबभत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा गोविन्द केसीलाई बर्खास्तीको माग गर्दै प्रदर्शन गरेका स्वतन्त्र युवा विद्यार्थी भरतसिंह धाँमीले जानकारी गराए । 

डा केसीका विरुद्धमा अनशन बसेका थापाको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ ल्याइएको हो । अहिले डा केसीसँगै थापाको पनि उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

डा केसीले चिकित्सा शिक्षा सुधारको माग राखी इलाममा १६औँ पटक अनशन बसेपछि थापा पनि उनको विरुद्ध अनशन बसेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ