नेपाल प्रेस युनियन लम्की शाखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा हाम्राकुराकर्मी न्यौपाने
प्रकाशित २०७५ माघ ५ शनिबार
376
Shares
टीकापुर। नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिबेशन उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिमका नेता तथा प्रदेश सांसद डाक्टर रणबहादुर रावलले सरकारले गरेका गलत कार्यका पत्रकारले उजागर गर्न जरुरी रहेको बताए।
नेता रावलले संघीय सरकारले जनतासंग सपना बाड्ने काम मात्रै गरेको बताउंदै सरकार न्याय दिनुको सट्टा अपराधी उम्काउन लागि परेको बताए । नेता रावलले भने ‘महंगाई र कर पनि धान्न नसकिने गरी बढाएको छ । सिमा मिचिएको ठाउंमा बोल्न सक्दैन । यही तवरले देश चलेमा यो सरकार धेरै दिन टिक्न सक्ने अवस्था छैन ।’
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले प्रेस युनियनका ५४ जिल्ला शाखाको अधिबेशन सकिएको बताउँदै ५० जिल्लामा निर्विरोध नेतृत्व चयन भएको बताए। सिग्देलले फागुन १५ गतेभित्र प्रदेशको महाधिबेशन सक्ने तयारी गरेको बताउंदै अबको एकडेढ महिनामा केन्द्रीय महाधिबेशन गर्ने जानकारी दिए।
कार्यक्रममा प्रदेश सांसद उमादेवी वादीले पत्रकार र आफ्नो सम्बन्ध नङ र मासु जस्तै भएको बताइन ।
कार्यक्रममा बरिष्ठ पत्रकार मनमोहन स्वांर, केन्द्रीय सदस्य टेकबहादुर सार्की, केन्द्रीय प्रतिनिधि विनय राजभण्डारी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउंद, पत्रकार महासंघ प्रदेशका महा सचिव योगेश रावल, पत्रकार महासंघका केन्द्रीय पार्षद् गणेश चौधरी, नेपाली कांग्रेसका जिल्ला सभापति नवराज रावल, युनियन लम्की टीकापुर शाखाका संस्थापक अध्यक्ष रंग तिमिल्सिना लगायतले धारणा राखेका थिए।
लम्की टीकापुर शाखाका अध्यक्ष डम्बर बमको अध्यक्षतामा कार्यक्रम भएको थियो।
चौथो अधिवेशनबाट प्रेस युनियन लम्की शाखाको अध्यक्षमा हाम्राकुराकर्मी देवानन्द न्यौपाने चयन भएका छन् । न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन भएको छ । उपाध्यक्षमा रतनलाल चौधरी, महिला उपाध्यक्षमा सृजना भण्डारी, सचिवमा नेत्रप्रसाद जैशी, सह सचिवमा अनिला चौधरी, कोषाध्यक्षमा विरेन्द्र शाहलाई चयन गरेको छ भने सदस्यहरुमा गणेश क्षेत्री, गोबिन्द बीसी, हिक्मत उपाध्याय, समिक्क्षा भूल, सुनिता परियार, शेयर वहादुर चौधरी र तुल्सी संज्याल रहेका छन्।
चौथो अधिवेशनले ११ सदस्यीय केन्द्रीय र १५ जना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ। केन्द्रीय प्रतिनिधिमा भुवनेश्वर अधिकारी, रंगप्रसाद तिमिल्सैना, कर्ण बहादुर कुँवर, परमानन्द पाण्डे, डम्मर बम, नवराज उपाध्याय, दुर्गा देवकोटा, सिता खनाल, जमुना न्यूरे, तुलसी देवकोटा, लोकबहादुर देउवा रहेका छन्। यस्तै प्रदेश प्रतिनिधिमा रामबहादुर चौधरी, युवराज न्यौपाने, पुर्ण थापा, चन्द्रप्रसाद खनाल, लोकेन्द्र रावल, बुद्धिप्रसाद खनाल वि.पी, सुरज साउद, नवराज खनाल, दिलबहादुर चौधरी, टेक बहादुर सोडारी, पदमिनी थापा, सरस्वती भाट, माया परियार, खेमा थापा र कुसुम धामी निर्बाचित भएको निर्बाचन संयोजक मनमहोहन स्वारले जानकारी दिए।