arrow

बारा पुगेर शेखर कोइरालाले भने 'वाइडवडीका दोषी जो भए पनि कारबाही गर्नुपर्छ' 

प्रम ओली झुटको सरदार: चौधरी, ' प्रचण्ड काँग्रेसको शरणमा आउँन धेरै दिन बाँकी छैन' : गुरुङ

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
Shekhar@bara.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वाईडबडी जहाज प्रकरणमा जतिसुकै ठूला नेता संलग्न भएको भएपनि तिनलाई जतिसक्दो छिटो कानुनी कठघरामा ल्याईनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस साबिक क्षेत्र नं-१ बाराले सिम्रौनगढमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा कोइरालाले छिटो भन्दा छिटो सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही नगरिए मुलुकमा कानुन नै छैन भन्ने कुरा प्रमाणित हुने समेत बताए । 

कोइरालाले भ्रष्ट्राचार गर्ने जतिसुकै शक्तिशाली भएपनि उसलाई कुनै पनि बहानामा छुटकारा दिन नहुने धारणा समेत व्यक्त गरे । कोइरालाले बर्तमान सरकार नीतिगत भ्रष्ट्राचारमा डुबेको दाबी समेत गरेका छन् । 

आमसभामा काँग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले प्रधानमन्त्री झुटको सरदार भएको बताए ।

त्यस्तै केन्द्रीय सदस्य कल्याण गुरुङ्गले नेकपाका अध्यक्ष प्रचण्ड काँग्रेसको शरणमा आउँन धेरै दिन बाँकी नभएको बताए ।

कार्यक्रममा पूर्वसहायकमन्त्री कलावती पासवान, पूर्वसांसदहरु- राजेन्द्र आमात्य, लालबाबु सिंह, डा. शोभाकर पराजुली लगायतले मन्तब्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ