arrow

विदेश लगानीबारे निष्पक्ष छानविन गरि कार्बाहि गर्न विवेकशील साझाको माग

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
bibekshil_sajha.jpg

काठमाडौं ।  देशभित्रको अर्बौंको ‘कालो धन’ लाई ट्याक्स हेवन भनेर चिनिएका देशमा अवैध तवरबाट जम्मा गरी वैदेशिक लगानीका रुपमा ‘सेतो धन’ बनाएर फेरी नेपाल भित्र्याउने र कानून विपरित विदेशमा लगानी बारे विवेकशील साझा पार्टी गंभिर ध्यानाकर्षण जनाएको छ । बिहिबार विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै  गैरकानूनी धन्दाको यथाशिघ्र विश्वसनीय र निष्पक्ष छानविन गरि कानुनी कारवाहिको प्रकृया शुरु गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'विवेकशील साझा पार्टी   मुलुककै अर्थतन्त्र तहस(नहस पार्न सक्ने यो धन्दाको विरोध र सरकारलाई निरन्तर खबरदारी गर्नका लागि हामी सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गर्दछौं। कुशासन र भ्रष्टाचारको दिनहुँका समाचारले मुलुकको भविष्यप्रति नागरिकमा चरम निराशा छाईरहेको अवस्थामा ठुलो स्तरमा ‘कालो धन’ लाई ‘सेतो बनाउने’ र देशको कानून विपरित विदेशमा लगानी गर्ने कार्यले समग्र अर्थतन्त्रलाई नै धरासायी बनाउने डरलाग्दो अवस्था श्रृजना भएको छ।'

विवेकशील साझाको विज्ञप्तिमा 'विश्व आर्थिक तथा वित्तिय प्रणालीमा नेपालको छवि रसातलमा पुग्ने जोखिम बढेको छ। देशभित्रै ठुलो परिणामको कर छलि र त्यसको प्रत्यक्ष प्रभाव राजनीतिक तथा नीतिगत तहको भ्रष्टाचार मौलाएको स्पष्टरुपमा देख्न सकिन्छ। जतिबेलासम्म सरकारले भ्रष्टाचारको विषयलाई ठोसरूपमा सम्वोधन गर्न सक्दैन त्यतिबेलासम्म विकास र समृद्धिको नारा खोक्रो नै रहिरहने छ' उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ