नाममै आपत्ति जनाउने सरकारको रबैया सच्याउन जिपि फाउण्डेसनको ध्यानाकर्षण
प्रकाशित २०७५ माघ ३ बिहिबार
636
Shares
काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले बिघटनको तयारी गरेको भन्दै जिपि कोइराला फाउण्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधवार बिज्ञप्ती जारी गरी फाउण्डेसनले नेपाली राजनीतिका युग पुरुष गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको स्वास प्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्र सरकार मार्फत नराखेर बिघठ्न गर्ने तयारी गरेको भन्दै तत्काल सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।
फाउण्डेसनको सातै प्रदेशका संयोजकहरुद्वारा हस्ताक्षरित बिज्ञप्तीमा लोकतन्त्रका हिमायती शिखर पुरुषहरुको नामबाट बन्दै गरेका दुईवटै अस्पताललाई बिघट्न गर्ने निर्णय गरिएको भए तत्काल सच्याएर राजनीतिक संस्कारका न्युनतम मूल्य मान्यताको पालना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
बर्तमान सरकारले राष्ट्र निर्माणमा आफ्नो जीवन अर्पण गरेका पुर्वप्रधानमन्त्रीद्वयको योगदानप्रति सम्मान देखाउन नसक्नु दुखद् भएको फाउण्डेसनको ठहर छ ।
फाउण्डेसनको ५ नम्वर प्रदेशका संयोजक डा गोविन्दराज पोखरेलले प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो जीवनभर संघर्ष गरेका गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको योगदानलाई सरकारले नजरअन्दाज गर्न खोजेको भन्दै निषेधको राजनीति नगर्न सरकारलाई आग्रह गरेका छन् ।