काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब टोटनह्याम हट्सपरका खेलाडी एवं इंगल्याण्डका कप्तान ह्यारि केन कम्तीमा दुई महिना मैदान बाहिर बस्नुपर्ने भएको छ ।
चोटग्रस्त केनले कम्तीमा मार्चसम्म मैदान बाहिर बस्नु पर्ने भएको हो । गोलीगाँठोको लिगामेन्टमा रहेको चोटका कारण केन खेल्न सक्ने छैनन् ।
लिगमा म्यान्चेस्टर युनाइटेड विरुद्धको आइतबार रातिको खेलका क्रममा केन चोटग्रस्त भएका थिए । यो खेलमा युनाइटेड १–० ले विजयी भएको थियो ।
केन मार्चको पहिलो हप्ता प्रशिक्षणमा फर्किने टोटनह्यामले जनाएको छ । यो सिजन २० गोल गरेका केन क्लबका सर्वाधिक गोलकर्ताको सूचिमा अघि छन् ।
रसिया विश्वकपका सर्वाधिक गोलकर्ता केनले एकाएक धेरैको ध्यान तानेका थिए ।