बमजमले दीक्षा दिएका धर्मगुरुले ‘विश्व शान्ति मैत्री पूजा’ गर्ने
प्रकाशित २०७५ माघ १ मंगलबार
663
Shares
काठमाडौँ । बोधि श्रवण धर्म सङ्घले विश्व शान्ति र मानव कल्याणको कामनासहित यही माघ ३ देखि ६ गतेसम्म सिन्धुली कमलामाई नगरपालिका–८ पैरेमा ‘विश्व शान्ति मैत्री पूजा’ गर्ने भएको छ ।
मैत्री धर्मका संस्थापक रामबहादुर बमजमले जीवन र जगत्बारे दीक्षा दिएका धर्मगुरुको सहभागितामा हुने पूजामा विश्वका प्राणीजगत्प्रति सकारात्मक दृष्टिकोण विकास गरी अहिंसा अपनाउने र शान्ति कायम गर्ने उद्देश्य राखिएको छ । विभिन्न कारणले मृत्युवरण गरेका पितृको उद्धार गर्न प्रार्थना तथा पूजा गरिनेछ ।
मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता तथा पूर्वमन्त्री मणि लामाले समाजमा एकापसमा सद्भाव तथा भ्रातृत्व कायम राख्न सकेमा मात्र शान्ति र समृद्धि प्राप्त हुने बताउँदै त्यसका लागि पूजा गर्न लागिएको जानकारी दिए।
सङ्घका सदस्य भूमि देवकोटाले सङ्घका गतिविधिमा प्रहरीले अनुसन्धान गरिरहेका समयमा सङ्घप्रति लक्षित गरी विभिन्न नकारात्मक प्रचार गरिएकामा चिन्ता व्यक्त गरे।