arrow

वाइडबडी मेरो पालामा हैन तत्कालीन ओली सरकारका पालामा – सभापति  देउवा

logo
सुनिल आउजी,  
प्रकाशित २०७५ पुष ३० सोमबार
deuba14.jpg

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अहिले एक ढिक्का भएर अघि बढेकाले जनताको पक्षमा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताएका छन् । सोमवार नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलमा अहिले वर्तमान सरकार भ्रष्टाचार ,बलात्कार शान्ति सुरक्षा लगायत विभिन्न क्षेत्रमा जालझेलमा अल्झेकाले सशक्त प्रतिपक्षको आवश्यकता देखिएकोले त्यो भुमिका कांगे्रसले निभाउने उनले बताए । 

सभापति देउवाले भने ‘देश निवार्चनमा होमिइरुहेका बेला मैले पहिले नै भनेको थिएँ देशमा अब अधिनायकवाद लागु हुने छ भनेर तर अहिले बर्तमान सरकारका पछिल्ला समयमा गरेका काम कार्वाही व्यवहारले संकेत प्रस्ट हुन्छ की सरकारले अधिनायकबाद शैली देखाई रहेको छ । त्यसैले कांग्रेसले जनताका पक्षयमा सशक्त रुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्ने छ । 

उनले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्न नरहेको बताए । 

 पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले वाइडबडी विमान खरिद प्रक्रियाका सबै महत्वपुर्ण निर्णय तत्कालिन केपी ओली सरकारकै पालामा भएको आरोप लगाए । 

२०७२ साल असोज ३ गते प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकारको संचालक समतिको बैठकले वाइबडी खरिद गर्नका लागीगि  सरकारले जमानी बस्ने बाहेक अन्य निर्णय नभएको प्रचण्डको पालामा खरिदको वोलपत्र गरिएको पनि देउवाले पत्रकार सम्मेलमा जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ