झाँकी, भजन, र्याली र सभा गर्दै युवाहरुले सम्झिए राष्ट्र निर्मातालाई
प्रकाशित २०७५ पुष २७ शुक्रबार
554
Shares
काठमाडौं। सरकार र समाजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई भुल्दै गएको भन्दै महाराजगंजका युवाहरुले विभिन्न कार्यक्रम गरेका छन्। उनिहरुले पौष २७ गतेलाइ राष्ट्रिय एकता दिवसको रुपमा मनाउन बासबारीबाट पृथ्वीनारायण शाहको झाँकी, भजन नृत्य सहितको र्यालि महाराजगंज चक्रपथमा आएर सभा आयोजना गरे।
सो अवसरमा कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले राजनीति भन्दा माथि उठेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सबैले योगदानको कदर गर्नुपर्ने र सबै नेपालीलाई पृथ्वीनारायण शाह जस्तै बन्न आग्रह गरे। उनले भने शाहले नेपाल एकीकरण गरि नेपालीहरुलाई एकतामा बाध्ने काम नगरेको भए नेपाल रहने थिएन।
कार्यक्रममा कामपा वडा नम्बर ३ का वडाध्यक्ष दिपक केसी, साहित्यकार सुर्य सेन ओली, आङ दोर्जे शेर्पा र बिष्णु गिरी लगायतको उपस्थिति रहेको थियो। शाहको जन्मउत्सव तथा राष्ट्रिय एकता दिवसमा फुलमाला माल्यार्पण गर्नुका साथै उनका दिव्य उपदेशका बारेमा समेत चर्चा गरिएको थियो।