arrow

प्रावि तहमै कम्प्युटर शिक्षा

logo
निर्मल खत्री ,
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
shiva-primary-(8).JPG.jpeg
म्याग्दी । म्याग्दीको दग्नाम ७ दर्मिजामा रहेको शिव प्राविमा कम्प्युटर कक्षा सुरुवात गरिएको छ । प्रावि तहमा नै कम्प्युटर सिक्न पाउँदा विद्यालयका विद्यार्थीहरु समेत मख्ख छन् । विद्यालयको शैक्षिक उपलब्धी बृद्धि गर्नका लागि र बालबालिकामा प्रविधिको पहुँच पुर्‍याउनका लागि कम्प्युटर कक्षा सञ्चालन गरिएको हो । गत मंसिरदेखि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक दुर्गाकुमारी पुनले बताईन् । झन्डै पाँच लाखको लगानीमा कम्प्युटर कक्षा सञ्चालन गरिएको हो ।
 
विद्यालयले कम्प्युटर कक्षा सञ्चालनका लागि ९ लाखको अक्षय कोष समेत स्थापना गरेको छ । अक्षयकोष स्थापनाका लागि हाल विदेशमा रहेका दर्मिजाका विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग प्रदान गरेका थिए । त्यसैगरी विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री स्थानीयले सहयोग गरेका थिए । त्यसैगरी कम्प्युटर कक्षा सञ्चालका लागि आवश्यक समाग्री जिल्ला शिक्षा कार्यालय म्याग्दीबाट सहयोग प्राप्त भएको प्रअ पुनले जानकारी दिईन । 
 
विजुलीको केन्द्रीय प्रसारण लाईन नपुगेपनि स्थानीय स्तरमा उत्पादन गरिएको लघु जलविद्युत आयोजनाले कम्प्युटर कक्षा सञ्चालनका लागि विजुली सहयोग गरेको छ । कक्षा ४ र ५ का विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिने गरिएको छ । कक्षा ५ का ८, कक्षा ४ का ८ जना गरि १६ जना विद्यार्थीहरुले कम्प्युटर कक्षा पढिरहेका छन् । कम्प्युटर कक्षामा भेटिएका विद्यार्थीहरुले आफूहरुलाई कम्प्युटर कक्षाबाट नयाँ नयाँ कुरा सिक्न पाएको भन्दै खुसी व्यक्त गरे । एक छात्राले भने–“कति बेला २ बज्ला र कम्प्युटर कक्षा जान पाईला जस्तो हुन्छ, कक्षामा गयो भने नयाँ नयाँ कुरा सिक्न पाइन्छ ।” कम्प्युटर कक्षाको सञ्चालनसँगै विद्यार्थीको भाषामा सुधार आएको कम्प्युटर शिक्षक धनकुमार थापाको भनाई छ । थापाले भने–“हामीले अङ्ग्रेजी माध्यमबाट कम्प्युटर सिकाईरहेका छौ, यसले उनीहरुलाई अङ्ग्रेजी पढ्न र बोल्न सहयोग गरेको छ ।”
 
विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि पाँच वटा कम्प्युटर, एक वटा प्रिन्टर छ । आन्तरिक स्रोतबाट कम्प्युटर शिक्षकलाई नियुक्त गरिएको छ । कम्प्युटर शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग महानुवभहरुको नाम र फोटो कम्प्युटर कक्षामा राखिएको छ, यसले अरुलाई पनि थप सहयोग गर्न प्रेरणा मिल्ने प्रअ पुनको भनाई छ । दुर्गम भएकोले विद्यालयमा इन्टरनेटको सेवा पु¥याउने प्रयास गरिएपनि सफल हुन नसकिएको प्रअ पुनको भनाई छ । विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउन सकिएमा विद्यार्थीको क्षमता विकाससँगै प्रविधिको पुहँचमा पु¥याउन सकिने उनको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ