छोरीलाई करणी गरि तातो कुडो खन्याई ज्यान मार्ने प्रयास गर्ने बावु पक्राउ
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष २३ सोमबार
202
Shares
स्याङजा । पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई जिल्ला प्रहरी कार्यालय स्याङजाले पक्राउ गरेको छ ।
गत पौष १४ गते राति छोरीलाई करणी गरेकोले पीडितले सहन नसकी आफन्तलाई बताईदिने भनेपछि भोलिपल्ट छोरीलाई तातो कुडो खन्याई ज्यान मार्ने प्रयास समेत गरेकाले बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिए ।
३५ वर्षीय आफ्नै बावुले विगत दुई वर्ष पहिलादेखि १२ वर्षिया छोरीलाई विभिन्न किसिमको यातना दिई जबरजस्ती करणी गर्दै आएको तथा अरु कसैलाई भनेमा ज्यान मार्ने भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता सिंहले बताए ।
छोरी करणी गर्ने आफ्नै बावुलाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि वढाएको छ । प्रहरीले बावुको नाम, वतन र ठेगाना भने गोप्य राखेको छ ।