नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० मा
रासस,
प्रकाशित २०७५ पुष २१ शनिबार
433
Shares
काठमाडौं। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिए।
बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काङ्ग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ। काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ।