क्रान्तिकारीका कार्यकर्ताले दले कंसाकारलाई कार्यलयमै कालो मोसो
प्रकाशित २०७५ पुष २० शुक्रबार
458
Shares
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकैकार्यलयमा कालो मोसो दलेको छ ।
वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारिस गरे लगतै मोहन वैद्यका कार्यकर्ताले कंसाकारलाई कालो मोसो दलेका हुन् । लेखा समिति अन्तर्गतको उपसमितिले गरेको सिफारिश पछि मन्त्री रबिन्द्र अधिकारी माथि राजीनामा दिनुपर्ने दबाब बढेको छ ।