arrow

सुदूरपश्चिम प्रदेशमा बैकं तथा विक्तीय संस्थाहरुको कर्जा लगानी धैरै कम

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष २० शुक्रबार
sudur_paschim_artha.jpg

धनगढी। सुदूरपश्चिम प्रदेशमा बैकं तथा विक्तीय संस्थाहरुको कर्जा लगानी जनसंख्याका आधारमा लगानी धैरै कम रहेको तथ्याङ्कमा उल्लेख गरीएको  छ ।  सुदूरपश्चिम प्रदेशको  कुल जनसंख्या झन्डै २७ लाख रहेको छ भने जसमध्य  मानव विकास प्रतिबेदन २०१४ को तथ्याङ्कमा उल्लेख आर्थिक रुपमा सक्रिय जनसंख्या १० लाख ५८ हजार ५ सय उन्नायस छ । भने यो जनसंख्याको  अनुपातमा  यो प्रदेशमा कर्जा लगानी धैरे कम रहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले बताए ।  

उनका अनुसार गत आर्थिक वर्षमा कर्जा लगानी १७ प्रतिशतले वृद्धी भए पनि कर्जा लगानी कम रहेको विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले बताए । निर्देशक भट्टका अनुसार यो मा वन र खोटो बाट करिव ३५ करोड राजस्व संकलन गरेको छ । भने ८८ वटा स्थानय तह मध्य आर्थिक वर्ष २०७५ सालको पुस मसान्त सम्म ७२ वटा स्थानीय तहहरुमा बैंक पुगेको भने अझै १६ वटा स्थानीय तहमा बैंक पुग्न नसकेको कार्यकारी निर्देशक डा गुणाकर भट्टले जानकारी दिए । 

चालु आर्थिक वर्ष २०७४-२०७५ सालको असार मसान्तको तथ्याकं अनुसार सुदूरपश्चिमको कर्जा लगानी ६८ अर्व रहेको छ भने निक्षेप संकलन २९ अर्व निक्षप संकलन भएको तथ्याकंले देखाएको छ  ।  भने कर्जा र निक्षपको अनुपातमा २ सय ३१ प्रतिशत रहेको निर्देशक डा गुणाकर भट्टले बताए । सुदुर पश्चिम प्रदेशमा बैंक वित्तीय संस्थाको शाखा संख्या २ सय ८२ रहेका छन् । भने प्रति बैंक शाखा संख्याबाट सेवा पाउने जनसंख्या करिब १० हजार एकान्नबे छ ।

सुदूरपश्चिम प्रदेश औसत १० हजार एकान्नब र राष्ट्रिय औसत ६ हजार ४ सय ८७ छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको तथ्यांकमा  समावेश रहेको छ । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत र प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनमा राष्ट्रय उत्पादनमा यो  प्रदेशको योगदान ६.३ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आयमा अमेरीकी डलर ६६० रहेको  मानव विकास प्रतिबेदन २०१४ को आधारमा आर्थिक वर्ष २०७४÷ २०७५ को प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा प्रतिव्यक्ति आय गणना तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कको विश्वाशनियता बढाउन आग्रह
कार्यक्रमका प्रमुख अथितिको आशन बाट बोल्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपड बहादुर बोहराले नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययनको विधि, क्षेत्र तथा महत्वको सम्बन्धमा जानकारी गराउँद्रै  संघीय संरचनामा उक्त अध्ययनको लागि आवश्यक पर्ने तथ्याङ्कको स्रोत पहिचान गरी अध्ययनलाई अझ प्रभावकारी, उपयोगी, र पाठक मैत्री बनाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट आवश्यक सुझाव संकलन गर्न आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको  संघीय संरचनामा आर्थिक गतिविधी  अध्ययन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री बोहराले आग्रह गरेका हुन । पर्यटन बैकिङ्ग क्षेत्र घरजग्गा कारोबार तथा घर नक्सा पास शिक्षा तथा स्वास्थ्य यातायात तथा संचार  कृषि, उद्योग तथा सेवा क्षेत्रका चुुनौतीहरु रहेकाले बैंकले सही तथ्याङ्क संकलन गर्न पनि राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ